दशरथ रंगशालाको मैदान तीन महिनामा तयार हुुने

राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नति कार्य भदौ प्रारम्भ गरेको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सोमबार (१६ भदौ) मैदानको घाँस काटेर स्तरोन्नति कार्य प्रारम्भ गरेका हुन् । सो अवसरमा सदस्यसचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै तीन दिनमा घाँस काट्ने काम सक्ने र अर्को तीन दिनमा मैदानको खाल्डाखुल्डी…