अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिम्सिना चैत १४ गते बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गरेका छन् । मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । सुमन २०११ मा बंगलादेशमा भएको एसियाली कन्टिनेन्टल कराते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला करातेका स्वर्ण विजेता हुन्…