सन १९८८ को २४औँ सिउल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाएका चर्चित तेक्वान्दो खेलाडी विधान लामा सम्मानित भएका छन् । लामालाई राष्ट्रिय तेक्वान्दो संघ नेपालले आफ्नै केन्द्रीय कार्यालय सानोभ¥याङमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो । लामालाई तेक्वान्दो खेलमार्फत नेपालको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएको र नेपाललाई ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा…