थ्री स्टारलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि

गत वर्षको विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्री स्टार फुटबल क्लब धरानमा आयोजित २० औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि चुम्न सफल भएको छ । धरान–१६ स्थित धरान रंगशालामा भएको फाईनल खेलमा पाँच पटकको बिजेता पुलिसलाई चार पटकको बिजेता थ्री स्टार क्लब काठमाडौंले १–० को गोल अन्तरले हराउँदै सोउपाधिमाथि कब्जा जमाउन सफल भएको हो…