‘स्पोर्टस् भ्वाइस’ खेलकुद पत्रिकाको विमोचन

खेलकुदमा भएको विकृति–विसंगतिलाई उजागर गर्दै खेलाडीको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्देश्यले ‘स्पोर्टस् भ्वाइस’ खेलकुद मासिक पत्रिका जनसमक्ष आएको छ । पत्रिका नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघको संयुक्त प्रयासमा प्रकाशनमा आएको हो । पत्रिकाको प्रमुख अतिथि संघीय संसदका सांसद दुर्गा पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली,…