स्थानीयसँग रकम अभावपछि रसुवावासीको शेयर वितरण प्रक्रिया स्थगन

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ । रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज सोमबार भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया स्थगन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए । रसुवावासीका…