नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु

नेपाली सेना र अमेरिकी सेना बीचमा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको संयुक्त अभ्यासको निरन्तरताअन्तर्गत आजदेखि नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा ‘ब्यालेन्स नेल १७–५५३०’ सञ्चालन भएको छ । उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयमा आधारित रही आगामी असोज ०२ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।…