शेरबहादुरले त्यसबेला किन यसो भनेका थिए ? ०५० सालमा काठमाडौं क्षेत्र नंं. १ को उपनिर्वाचन हुँदै थियो । सवारी दुर्घटनामा परी एमाले नेता मदन भण्डारीको निधनपश्चात् रिक्त हुन आएको स्थानका लागि हुँदै गरेको निर्वाचनमा भण्डारीकी धर्मपत्नी विद्या पाण्डे (भण्डारी)लाई एमालेले उम्मेदवार बनाएको थियो भने नेपाली कांग्रेसका तर्फबाट सन्त नेता कृष्णप्रसाद भट्टराई आफैँ प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो…