काङ्ग्रेसको जितमा काङ्ग्रेसकै नेता दुःखी

नेपाली काङ्ग्रेस मात्र एउटा यस्तो राजनीतिक दल हो, जसको एउटा अभिन्न अङ्ग बन्न पुगेको छ– अन्तर्घात । काङ्ग्रेसको हरेक निर्वाचन क्षेत्रका उम्मेदवारले प्रत्येक निर्वाचनमा अन्तर्घातको सामना गर्दै आएका छन् । नेतास्तरका व्यक्तिदेखि कार्यकर्तासम्मले चुनावमा अन्तर्घात गरेको भन्ने चर्चा हुने गर्छ, तर त्यसको पुष्टि गर्न खोजिँदैन, पुष्टि भइहालेछ भने पनि अनुशासनको कारबाही गरिँदैन र कारबाही गरिएछ…