गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमस्थित नेपालीजनका साथै नेपालमा आइपर्ने कुनै पनि आपतकालिन समस्याको अवस्थामा सहयोग गर्न एक 'आपतकालिन अक्षयकोष' स्थापना गर्ने निर्णय गरेको छ । एनआरएनए बेल्जियमको नवनिर्वाचित कार्यसमितिको सोमबार (२४ जुलाई २०२३) बसेको प्रथम बैठकले आपतकालिन अक्षयकोष स्थापनाको प्रस्ताव पारित गरेको हो । संघकी नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको बैठकले बेल्जियमस्थित नेपाली समुदायलाई…