अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक अष्ट्रेलियामा भेला हुने भएका छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका…