गजल-कृष्णप्रसाद बस्याल

कतिचोटि थप्छौ म्याद संविधानसभाको कस्तो चलन ल्यायौ नेता ! विश्वमै नभा'को एउटै भई होमिएर आन्दोलनमा लाग्यौ अहिले भने दलभित्रै मच्चियो रडाको शान्ति तथा संविधान दिन्छौं भनी भन्थ्यौ ललिपप हो कि तिमीले हामीलाई देखा'को सङ्घीयताको सस्तो नारा आँखा चिम्ली लायौ आँखा खुल्दा देख्ने हौ कि देशै टुक्रा भा'को जनता त शान्तिसँग गरिखान खोज्छन् त्यै शान्तिलाई भाँड्न…