यूरोप भ्रमणको रमाइला अनुभूति..(भाग १६)

सूर्य नारायण कोल्टे पर्दै लोरा राइडको चट्टानले बनेको सानो पहाडलाई नाँघ्दै पश्चिमतिर उन्मुख थियो । मलाई ती डाँडामाथिका घामका किरणहरुले चित्रे माथिको पञ्चासे पर्वतको अभास दिलाइरहेको थियो । शीतल हावा नदी किनारमा प्रवाहित भइरहेको शान्त वातावरणमा एउटा ठूलो क्रुज आएर किनारामा रोकियो । त्यहाँबाट निकै पर्यटकहरु उतरे हामी ठीक चार बजेर चालीस मिनट जाँदा त्यस…