मानिसको छवि -बबिता बस्नेत

मानवीय प्रवृत्तिहरू अनेक छन् जसलाई सामान्यीकरण (जनरलाइज) गर्न सकिन्न । मान्छेको रूपरंग हेरेर, बोलीचाली सुनेर यो मान्छे यस्तै होला भनेर अनुमानसम्म गरे पनि निक्र्योल नै निकाल्न भने सकिँदैन । कुनै पनि मान्छे सय प्रतिशत राम्रो र सय प्रतिशत नै नराम्रो पनि हुँदैन, राम्रो र नराम्रोबीचको 'ठीकै' भन्ने कुरा जसमा पनि हुन्छ । मान्छे हो कमी-कमजोरी…