झलनाथ पछि को ?

प्रधानमन्त्री झलनाथ खनालको कार्यकालको अब दिनगन्ती सुरु भएको छ । गत जेठ १४ गते संविधानसभाको कार्यकाल तीन महिना थप गर्ने क्रममा भएको पाँचबुँदे सम्झौताको कार्यान्वयन तत्काल हुनुपर्ने भन्दै काङ्ग्रेसले विशेष अभियान सुरु गरेपछि खनालको दिनगन्ती सुरु भएको हो । पाँच बुँदामध्ये संविधानसभाको कार्यकाल थप गर्नेसम्बन्धी बुँदाको तत्काल कार्यान्वयन भए पनि अन्य चार बुँदाको कार्यान्वयनमा सत्तारुढ…