अवरुद्ध शान्तिप्रक्रियालाई थप अन्योलमा पार्ने एक कारकतत्त्व बन्न पुगेको छ- माओवादीको अन्तरपार्टी विवाद । सो पार्टीको बहुचर्चित पालुङटार भेलाताक पार्टीभित्र अत्यन्त मजबुत देखिएका अध्यक्ष प्रचण्ड यतिबेला त्यत्तिकै निरीह देखिनपुगेका छन् । पार्टीमा वर्चश्व कायम राख्न हाल उनले गर्नुपरेका अनेक अभ्यास त्यसका फोस्रा परिणतिले यही दर्शाइरहेको छ । प्रचण्डका गुरुका रूपमा समेत चिनिएका वरिष्ठ उपाध्यक्ष मोहन…