आगामी जेठ चौधसम्म बेग्लै भूमिकामा प्रचण्ड

संविधानसभाको कार्यकाल समाप्त हुन करिब एक महिना मात्र बाँकी हुँदा नेकपा माओवादीको नेतृत्व जेठ चौधपछि उत्पन्न हुनसक्ने परिस्थितिलाई लिएर आत्तिएको छ । तर, उसले आफ्नो अत्यास आक्रोशमा नभई नरमी र उदारतापूर्ण व्यवहार दर्शाएर प्रकट गर्ने सम्भावना छ । पार्टीको कठोर धारका नेता मोहन वैद्य किरणसँग लोली मिलाउँदै जनविद्रोहको वकालत गर्नुहुने प्रचण्ड यतिबेला पीपलको पातझैं पर्लक्क…