के प्रमाणित गर्‍यो सिटौलाको नियुक्तिले ? -वसन्तराज कुँवर

एक मित्रले हालै मलाई टेलिफोनबाट खबर दिँदै भने, 'कृष्णप्रसाद सिटौला काङ्ग्रेसका सभापतिबाट मनोनीत महामन्त्री बनेछन् नि ।' मैले भने, 'संसारमा बद्मासहरू पनि माथि पुग्छन् । हिटलरलाई ६० लाख मान्छे मार्नु थियो र जर्मनको प्रमुख शासक बन्न सफल भए, कम्बोडियाका लाखौँ निर्दोष जनता मारिनु थियो र पोलपोट सत्तामा पुगे, बिहारलाई अपराधीको अखडा बनाउनु थियो र लालुप्रसाद…