-वसन्तराज कुँवर जेल सुधारसम्बन्धी गोष्ठीमा भाग लिन इन्डोनेसिया जाँदै थिएँ म । इन्डोनेसिया जाने कुराले मलाई रोमाञ्चित बनाएको थियो, किनकि म केटाकेटी हुँदा बुबा फिलिपिन्समा अध्ययनका लागि जानुभएको थियो । त्यतिबेला मेरो बुबा कहाँ हुनुहुन्छ भनेर हामी संसारको नक्सामा खोज्ने गर्दथ्र्यौं र त्यो देश इन्डोनेसियाको छेउछाउमा पर्छ भनेर जानकारी हासिल गथ्र्यौं । प्रहरी जीवनमा रहँदा…