हे ! माया ! तिमी स्वर्ग बनेर आऊ

-सुमल कुमार गुरुङ म अत्तिइसकें हरायौं कता ? हे ! माया ! तिमी स्वर्ग बनेर आऊ अकाशभरि खुशी छर्दै मेरा तनभरि स्नेह बगाउँदै । मलाई मुसार्ने हातहरुलाई कुटो कोदालो देऊ गोली बन्दुक होइन विवेक देऊ कलम देऊ स्वच्छ सोंच देऊ तब जन्मन्छ गर्भबाट छोरा "सन्तोष" जन्मनेछिन् छेारी "शान्ति" । म थाकिसकेँ कता छ्यौ तिमी ?…