बेलायती नेपालीहरुका ‘राजधानी’

जिन्समाथि टिसर्ट लगाएको युवक र मगर पहिरनकी युवती, अल्डरसटको 'निरमाया दोहोरी रेष्टुरेन्ट'मा, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए । सो नृत्यका साथै जातीय भेषमा नाचिएको सो शैली यत्तिको सुमधुर देखिन्थ्यो कि केहीअगाडि गाइएको अश्लील मतलव दिने दोहोरी लोकगीतमा रक्सीको मातमा झुमेकाहरु पनि तब अति नै भावविभोर भएर उक्त जोडीको कौडा नृत्यमा चाखपूर्ण…