अन्योलमा माओवादी

राजनीतिक दलका आ-आफ्ना सर्त, अडान र हठले तीनबुँदे सहमतिलाई धरापमा पार्दै गर्दा सत्ताविमुखताका कारण किंकर्तव्यविमूढ बन्न पुगेको नेकपा माओवादीभित्र भावी कदमबारे फरक-फरक मत पैदा भएका छन् । सहमति पालनाका सवालमा एमाले र काङ्ग्रेसबाट धोका खाइएको अनुभूति गर्ने माओवादीभित्रको अनुदारवादी समूह पुनः कठोर आन्दोलनमा जानुपर्ने जिकिर गर्न थालेको छ भने तत्काल आन्दोलनमा गए आन्दोलन निष्प्रभावी भएर…