स्वर्गको एक टुक्रा-२ -बबिता बस्नेत

रसुवाको सदरमुकाम धुञ्चे बजार अन्य जिल्लाका सदरमुकामहरू झैं त्यत्ति फैलिएको छैन । वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्न सरासर हिँड्यो भने सात मिनेट पनि लाग्दैन । बजारको बाटो ओहोर-दोहोर गर्नेले प्रत्येक बिहान सडकको माथिल्लोपट्टिरहेको सालिकमा एउटी अधबैंसे महिलाले पानी चढाइरहेको देख्छन् । ती महिला बिहानै सालिकको छेउ पुग्छिन्, पानी चढाउँछिन्, भिजेका आँखासँगै घर फर्किन्छिन् र आफ्नो…