मुलुकमा सहमतिको सरकार गठन हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको माओवादी पार्टीको नेतृत्व आफ्नै दलभित्र सर्वसहमति बनाउन नसक्ने अवस्थामा पुगेको छ । पार्टीले बितेका एक वर्षभित्र केहीपटक बैठक बसी प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने निर्णय त दोहोर्याइ-तेहेर्याइ गरेको छ । तर, राष्ट्रिय सहमति भन्नेबित्तिकै कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सबै दलहरूको राय पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने…