राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

आफ्नो चरमोत्कर्षको समयबाट पञ्चायती व्यवस्था गुज्रिरहेको थियो । एकथरी मान्छेहरू थिए- व्यवस्था ठीक भएन, परिवर्तन ल्याउनुपर्‍यो भन्दै आन्दोलित, र अर्काथरी यस्ता पनि थिए जो दरबार खुसी पारेर कसरी व्यक्तिगत लाभ लिने भन्नेमै अहोरात्र चिन्तन गर्दै आयु छोट्याउँथे । तर, नेपालआमाको काखमा यस्ता सन्तानहरू पनि सल्बलाइरहेकै थिए जसलाई व्यक्तिगत फाइदाका कुराले छुँदैनथ्यो, आफ्नो देशलाई कसरी समयानुकूल…