चार राजनीतिक दलका शीर्ष नेताहरूबीचको १६बुँदे सम्झौताले सङ्घीयतालाई ओझेलमा पारेको आरोप लगाउँदै एकाथरी शक्ति आन्दोलित रहेका बेला राष्ट्रपति डा. रामवरण यादवले वैधानिकताको प्रश्न उठाउनुभएको छ । दलका नेताहरू हतारिएर संविधान निर्माणको प्रक्रिया सुरु गर्दा केही संवेदनशील वैधानिक प्रावधान मिचिएको ठहर राष्ट्रपति यादवको छ । सत्तालाई केन्द्रबिन्दुमा राखेर हतारमा संविधान निर्माण गर्न खोज्दा सङ्घीयताका हिमायतीहरूले आफूहरू…