लण्डन । बेलायतको चार्लटन नेपाली समाजले सञ्चालन गरेको लर्न नेपाली प्रोग्राम [एलएनपी]ले सफलतापूर्वक दुई वर्ष पूरा गरेको छ । बेलायतमा जन्मी हुर्किएका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, संस्कार तथा संस्कृति सिकाउने उदेश्यले सञ्चालित उक्त नेपाली भाषा कक्षामा करीब पचास जना स्थानीय बालबालिकाहरुले ज्ञान आर्जन गरिरहेका छन् । बेलायतमा शिक्षा लिइरहेका बालबालीकाहरुको नेपाली भाषा तथा संस्कृतिप्रतिको मोह…