नेपाललाई समृद्ध र शक्तिशाली तुल्याउन भारत बाध्य छ – अशोक मेहता (नेपालविज्ञ भारतीय सेनाका पूर्वजनरल) ० नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्नुभएपछि भारतको नेपाल–नीतिमा कुनै परिवर्तन आउला कि यथावत् रहला ? – भारतलाई एउटा शक्तिशाली देश बनाउने मोदीको अभीष्ट छ । भारतलाई शक्तिशाली तुल्याउने सवालमा आर्थिक समृद्धि, सैनिक व्यवस्थामा विकासलगायत थुप्रै एजेण्डामा काम गर्नुपर्ने हुन्छ ।…