रामपुर (पाल्पा) । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय यस समुदायबाट विस्तारै लोप हुने क्रममा छ । तर रामपुर नगरपालिका वडा नं ६ र ७ का कठान, गैट्टारमा…