दलीय गठबन्धनको तरङ्ग

अप्रत्यासित एवम् रहस्यमयी ढङ्गबाट ‘वामशक्ति एकता’को प्रक्रिया सुरु भएपछि मुलुकको राजनीतिक वृत्तमा व्यापक हलचल पैदा भएको छ । खासगरी सत्तासीन नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा (एमाले) जस्ता अत्यन्त विपरीत धारमा बगिरहेका दलबीच गठबन्धन र पार्टी एकीकरणसम्मकै प्रक्रिया सुरु भएको घोषणा गरिएबाट राजनीतिक तलाउमा चर्को तरङ्ग पैदा हुनु अस्वाभाविक पनि होइन । यसरी एकाएक देखिएको…