– इन्द्रबहादुर बराल आमनेपालीको भावना वा चाहना शान्ति तथा समृद्धि हो । यही भावनालाई सुनिश्चित गर्न सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ कोसेढुङ्गा सावित हुने अपेक्षामाथि कालो बादल मडारिएको छ । निहित सत्तास्वार्थको अघिल्तिर अरू सबै राष्ट्रिय स्वार्थ गौण हुँदै गएको अनुभव गरिँदै छ । पञ्चायतकालदेखि नै सत्ता टिकाउने औजारको रूपमा लिइएको राष्ट्रियताको नाराकै प्रयोग गरी…