मन त छैन भन्न शुभकामना, त्यै पनि…

■ सुशील देवकोटा यहाँ कसैलाई बेग्लै राज्य चाहिएको छ, कसैलाई पहिचान चाहिएको छ । कोही निषेधको राजनीति गर्न तम्सिएका छन् त कोही राजनीतिमा धम्कीको रङ चढाउनमा मस्त छन् । सहमतिको कुरा सधैँ गरिन्छ, तर सहमति कहिल्यै गरिँदैन । वार्ताको नाममा अत्तो थाप्ने काम गरिन्छ । सहमतिको नाममा सत्ताको आयु लम्ब्याउने र कुर्सी बचाउने खेल खेलिन्छ…