भारतको प्रधानमन्त्री पदमा निर्वाचित हुनुअघिसम्म नेपाली नेताहरूको दृष्टिमा नरेन्द्र मोदी सायद महत्त्वपूर्ण व्यक्तित्व थिएनन् । कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चासम्बद्ध नेताहरूले मोदीसँग सम्पर्क–सम्बन्ध बनाउन विगतमा (प्रधानमन्त्री बन्नुअघि) खासै रुचि नलिनुको कारण उनको महत्ता नबुझेर नै हुनुपर्छ । दिल्ली, उत्तरप्रदेश र बिहारका नेताहरूसँगको सान्निध्यमा रमाउने नेपालका नेताहरू भारतीय जनता पार्टीभन्दा कांग्रेस (आई) तथा वामपन्थी र…