राज्य सञ्चालनका नीतिहरूमध्ये राजनीति नै मूल नीति हो, जसले राज्यलाई दिशानिर्देश गरी डो-याउँछ । राजनीति नै सबैभन्दा उत्तम नीति हो, यदि सही रूपले यसको प्रयोग गरिएको खण्डमा । राजनीति आफँै दूषित हुँदैन, बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेको लागि खुर्पाको बिँड हो राजनीति । ०४७ को सफल जनआन्दोलनपछि मुलुकको राजनीतिमा धेरै घटना–परिघटना भइसके, देशमा गणतन्त्र आइसकेको…