संविधानसभामा असी प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलबीच हालै भएको १६बुँदे सहमति र त्यसपछि सतहमा देखिएको राजनीतिक क्रियाकलाप यतिबेला विशेष चर्चामा छ । सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैदेखि संविधान निर्माण प्रक्रियाले गति लिएको देखिएको छ । प्रायगरी चर्को मतभेदको अवस्थामा देखिने राजनीतिक शक्तिहरू मतभेद चिरेर चट्टानी अडान फोर्दै तत्काल संविधानको मस्यौदा तयार गर्न लागिपरेका…