२०६९ साल जेठ १४ लाई शान्तिमय बनाउने कि क्रान्तिमय ?

-दिनेश नेपाल २०६९ साल जेठ १४ गते जनतासामु अघिपछिका सामान्य दिनजस्तै वा विशेष एवम् अविस्मरणीय दिनको रूपमा देखापर्दैछ भनी आजभोलि आमतप्कामा कुतूहलको विषय बनेको छ । वास्तवमा एकातिर आमनेपाली र विश्वसमुदायले उक्त दिनलाई विश्वइतिहासमा नै अङ्कित गर्न योग्य दिनको रूपमा सबैको सामु देखापरोस् भनी चाहिरहेको देखिन्छ भने अर्कोतिर जनतालाई समयसीमाभित्र शान्ति र जनमुखी संविधान दिन्छौँ…