नेपाली नेताहरू ब्रह्मा, विष्णु, महेश्वरझैँ सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता सायद आफैँलाई ठान्दछन्, उनीहरूको सोच र हालसम्मको व्यवहारले यस्तै सङ्केत गर्दछ । ‘हामी आज जे दिन्छौँ त्यही मात्र भावी पुस्ताले पाउनेछन् र नदिए उनीहरू युगाँैयुगसम्म रित्तै बस्नेछन्’ भन्ने प्रकारको व्यवहार अगुवा राजनीतिकर्मीले प्रस्तुत गरिरहेका छन् । त्यसैले भावी पुस्तालाई ‘यो दिने कि त्यो’ भन्दाभन्दै यिनले दशकौँ…