भ्रष्टाचार मानव समाजको अभिन्न अङ्ग होइन, तर हामीले भोगिरहेको दैनिकी र यसको इतिहासले भ्रष्टाचारलाई हाम्रो समाजबाट भिन्न रहेको पुष्टि पनि गर्दैन । पृथ्वी जगत्का अन्य प्राणीहरू निश्चित जन्मजात गुणका आधारमा बाँच्छन् र मर्छन्, तर मानिसको जन्मजात गुण नै अराजक छ– मानिस भनेका ठ्याक्कै यस्तो गुण–स्वभावका प्राणी हुन् भनेर परिभाषित गर्न सकिँदैन । त्यसैले उपन्यास ‘प्रलय…