केही दिनअघि राजधानीमा धोती लगाएका र राजधानीबाहिर टोपी लगाएका पुरुषहरूको जुलुस निस्कियो । ती जुलुसका उद्देश्य फरक थिए, टोपीवाला राष्ट्रियतामा केन्द्रित थिए भने धोतीवाला पहिचानमा केन्द्रित थिए । धोतीवाला नेपालीभन्दा पनि मधेसी हुनुमा गौरवान्वित देखिन्थे भने टोपीवालाले नेपाली हुनुमा गर्व गरिरहेका थिए । दुवैका जुलुस र तिनका फोटा हेर्दै गर्दा मनमा प्रश्न उब्जियो, ‘यी दुई…