सातबुँदेको नियत, अर्थ र परिणाम-देवप्रकाश त्रिपाठी

सङ्घर्ष र सम्झौतालाई जीवनको नियमित र स्वाभाविक क्रमका रूपमा स्वीकार गर्ने हो भने पनि सबै प्रकारका सङ्घर्ष या सम्झौता सकारात्मक परिणाममुखी हुँदैनन् भन्ने बुझन आवश्यक छ । २०६३ मा भएको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा र त्यसयता राजनीतिक वृत्तमा सम्पन्न सम्झौताहरू सबै सुखद परिणाममुखी छैनन् । माओवादी सङ्घर्षको पछिल्लो इतिहासमा केही सम्झौता प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनलाई थप…