आँधीअघिको सन्नाटा

जिम्मेवार राजनीतिक दलहरूबीच संविधानसभाको म्याद 'थप्ने’ र 'थप्न नदिने’मा विवाद/बहस सुरु भएको वर्तमान परिवेशले निर्धारित मितिमा संविधान बन्ने सम्भावना पूर्णरूपले टरेको सङ्केत गरेको छ । जनमानस यतिबेला तोकिएको समयमा संविधान बन्न नसकेको अवस्थामा मुलुकको राजनीतिले कुन दिशा लिने हो भन्ने अन्योलपूर्ण जिज्ञासाको भूमरीमा परेको छ । त्यस अवस्थामा खडा हुने संवैधानिक सङ्कटको अवस्था र त्यसबाट…