द्व्रन्द्वलाई शान्तिमा रूपान्तरण गर्नका लागि शान्तिसम्झौता भयो । बन्दुक सधैँका लागि विसर्जन गर्न र लोकतान्त्रिक पद्धति स्वीकार गर्न माओवादी राजी भएपछि मात्र विस्तृत शान्तिसम्झौता सम्पन्न भएको हो । सम्झौताबमोजिम माओवादी इमान्दार भइदिएको भए शान्तिप्रक्रिया टुङ्गोमा पुगिसक्थ्यो भने नेपाली जनताले लोकतान्त्रिक संविधान प्राप्त गरिसक्थे । द्वन्द्वको उचित व्यवस्थापन गर्ने र लोकतान्त्रिक संविधान जारी गर्ने सुन्दर लक्ष्य…