बीपीको विस्थापन र काङ्गे्रसको औचित्य

आफ्नो रक्षा र हितप्रति संवेदनशील रहनुलाई प्राणीजगत्को सामान्य विशेषता मानिन्छ । प्राणी भएका कारण मानिसमा पनि आफूप्रतिको संवेदनशीलता हुनु स्वाभाविक हो । यसबाहेक मानिसमा विवेक हुने सम्भावना भएकोले उसमा अरू पनि आफूजस्तै हुन् भन्ने कुराको ज्ञान–चेतना हुनसक्छ । अरूहरूको हितमा समेत आफूलाई समर्पित गर्न सक्ने मानिसलाई साधारण मानिसका रूपमा बुझ्नु उचित हुन सक्दैन । प्राणीजगत्को…