न्यायाधीशले माहौल हेर्ने कि तथ्य र कानुन ?

चिकित्सकले बिरामीको अवस्था होइन ‘नगद’ हेरेर उपचार गर्ने, कर्मचारीले सेवाग्राहीका समस्या र नियम–कानुन हेरेर होइन नगदमा वशीभूत भएर या ‘माथि’का कुरा सुनेर ‘सेवा’ दिने, शिक्षकले पाठ्य सामग्रीका कुरै नगरी आफूलाई मनमा जे लागेको त्यही ‘शिक्षा’ दिएर विद्यार्थीलाई दिग्भ्रमित तुल्याउने, चालकले सडक होइन पेटीका पैदलयात्री हेरेर गाडी चलाउने, सरकारले स्वदेशी जनताको भन्दा विदेशी मालिकका इसारामुताबिक देश…