एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिएर विवादित हुन्छन् । भीड देख्नासाथ उत्तेजित हुने उनको शैली देखेर सबै आश्चर्यचकित हुने गरेका छन् । आफैं प्रधानमन्त्री पदमा आसीन हुँदा पनि उनले पटकपटक विद्रोही नेताको जस्तो अभिव्यक्ति दिएका थिए । हालैमात्र आदिवासी जनजाति प्रतिनिधिसँगको भेटमा दाहालले उनीहरूलाई जातीय राज्यविरुद्ध उत्रनेहरूविरुद्ध प्रतिकारमा उत्रन सुझाव दिए…