जनतालाई कजाउने कि मनाउने ? -दिनेश नेपाल

संसारका प्रत्येक राष्ट्रमा मूल कानुन भनिने संविधानबाट नै सो राष्ट्रको राज्य सञ्चालन निर्देशित भएको देखिन्छ । संविधानको मर्ममुताबिक शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै व्यवस्थापिकामार्फत नै निर्माण गरिन्छ र ऐनको अधीनमा रही कार्यपालिकाले राज्य सञ्चालन गर्दछ । न्यायपालिकाले संविधान र ऐनमुताबिक कार्यपालिकाको कार्य गरिरहेको छ कि छैन भनी रेखदेख र मूल्याङ्कन गर्ने गर्छ । वास्तवमा व्यवस्थापिकाद्वारा…