बीपीको पदचाप छोड्नुको पीडामा काङ्ग्रेस

अन्तरपार्टी विग्रहले तीव्रता पाइरहेको परिवेशबीच नेपाली काङ्ग्रेसले ३६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने झारा टार्‍यो । यस अर्थमा झारा मात्र टार्‍यो कि अघि-अघि मेलमिलाप दिवसलाई काङ्ग्रेसले एउटा पर्वकै रूपमा भव्यता प्रदान गरी मनाउँदै आएकोमा यसपटक त्यस्तो भव्यताको किञ्चित अंशसम्म पनि कतै देखिएन । बीपी कोइरालाद्वारा प्रतिपादित या निर्देशित मार्गमा चल्ने कर्मलाई पछिल्लो चरणमा काङ्ग्रेसले…