शान्तिप्रक्रिया अनिश्चयको आँधीमा रुमलिएर अन्योल बढिरहेको परिवेशमा मुलुकको शान्ति-सुरक्षाको अवस्था कहालीलाग्दो किसिमले खस्किन पुगेको हालैका विभिन्न घटनाले प्रस्ट्याएका छन् । सङ्क्रमणकालीन राजनीतिक अवस्थाको लाभ उठाएर विभिन्न स्तरका आपराधिक व्यक्ति, समूह वा जत्थाले समाजमा सामान्यदेखि गम्भीरतम् प्रकृतिसम्मका आपराधिक घटना घटाउँदै आएका यथार्थ अब जनमानसका लागि सामान्य विषय बन्न पुगेको छ । यसरी अपराधका असामान्य घटनाहरूलाई समेत…