सत्ता गठबन्धनमा सामेल दलहरूले दक्षिण एशियाली मुलुकहरूमा भइरहेको अभ्यासलाई समेत ख्याल गरेनन् । विवाह गरेकै दिन नेपाली नागरिकता प्राप्त हुने कानूनी व्यवस्था काङ्ग्रेस, माओवादी, जसपा र समाजवादी लगायतका दलहरूले गरिदिएका छन् । नागरिकतासम्बन्धी ऐन नाटकीय ढङ्गले प्रतिनिधिसभाबाट पारित भएपछि सत्ता गठबन्धनप्रति आममानिसले प्रश्न उठाएका छन् । खासगरी वंशजको नागरिकता र वैवाहिक नागरिकता उपलब्ध गराउनेसम्बन्धी ऐनको…