सरकारलाई विस्थापित गर्ने प्रयास विफल भएको प्रधानमन्त्रीको दाबी सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरूले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै शुक्रबार साँझ सम्पन्न बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व…