एमालेद्वारा कर्णालीका मुख्यमन्त्री शाहीप्रतिको समर्थन फिर्ता, अर्को समूह भन्छ- समर्थन कायमै छ

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बुधबारको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । शाही नेकपा माओवादी (केन्द्र)बाट मुख्यमन्त्री भएका हुन्। उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ…